चितवन : नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा उम्मेदवारको नामावली प्रकाशनमा ढिलाई भएको छ। केन्द्रीय निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको संशोधित तालिका अनुसार विहान साढे १० बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने उल्लेख छ । तर तीन घण्टा ढिलो साढे १ भइसक्दा पनि प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगका एक सदस्यका अनुसार अहिले उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिइरहेका छन्। 'हामी प्रारम्भिक नामावली केहीबेरमा सार्वजनिक गर्छौं, उनले भने,