लेवान्डोस्की पेनाल्टीमा चुक्दा बराबरीमा रोकिए पोल्याण्ड र मेक्सिको, डेनमार्क र ट्युनिसियाको पनि बराबरी

फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न समूह 'सी' को खेलमा पोल्याण्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिएका छन्। रास अबोउ अबोउट स्टेडियममा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। खेलम अधिकांश समय मेक्सिकोले पकड जमाए पनि पोल्याण्डका गोलकिपरले मेक्सिकोको प्रहारहरुको उत्कृष्ट बचाउ गरेका थिए। अर्कोतर्फ काउन्टर अट्याकामा केन्द्रीत पोल्याण्डले पेनाल्टीको…

सम्बन्धित सामग्री

युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

वार्सा। युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस (६६ एफ) रेकर्ड भएको छ भने  स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम भएको छ जुन, औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो । नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ । […]

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा प्रवेश

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर खेलको ४६औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोड्यो । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।त्यसैगरी गए राति कतारको लुसाइल रङ्गशालामा सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित ग¥यो । खेलको ४७औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५२औँ मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे ।समूह ‘सी’ बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । चार अङ्क जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने तीन अङ्क जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुङ्गायो । समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।  त्यसैगरी कतारको अल जुनब रङ्गशालामा गए राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हरायो । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गरे । फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् । गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो । यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

विश्वकपमा आजका तीन खेल

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा तेस्रो दिन तिन खेल हुँदैछ। पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबिया, दोस्रोमा डेनमार्क र ट्युनेसिया तथा तेस्रो खेलमा पोल्याण्ड र मेक्सिको भिड्न लागेका हुन्। समूह सिमा रहेका अर्जेन्टिा र साउदी अरेबियाको खेल दिउसो पौने चार बजे दोहा स्थित लुसेल आइकोनिक स्टेडियममा हुँदैछ। वर्तमान फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना र ५१ औँ स्थानमा रहेको साउदी अरेबिया पाचौँ पटक भिड्न लागेका हुन्। यसअघिका चार खेलमा दुई खेल अर्जेन्टिनाले जितेको थियो भने दुई खेल बराब

विश्वकप फुटबल: आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबलमा मंगलबार ४ खेलहरू हुँदै छन्। कतार विश्वकपमा मंगलबार समूह ‘सी’ र समूह ‘डी’ का २-२ खेल हुँदैछन्। उपाधि दाबेदार अर्जेन्टिनाले पहिलो खेलमा एसियन प्रतिद्धन्द्वी साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो ३:४५ मा सुरु हुनेछ। त्यस्तै, दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच साँझ ६:४५ मा प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोले […]

अर्जेन्टिनासहित आज विश्वकपका चार खेल हुँदै

काठमाडौं – विश्वकपमा आज ४ खेल हुनेछन्। आज समूह सीको अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सीको र पोल्यान्ड खेल्नेछन्। उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। पोल्याण्ड र मेक्सिकोबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। यस्तै समूह डी अन्तर्गत डेनमार्क र ट्यूनिसिया तथा फ्रान्स र अस्ट्रेलियाबीच […]

विश्वकपको 'ड्र' सार्वजनिक, कुन देश कुन समूहमा ?

काठमाडौँ : कतारमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ। आयोजकसहित २९ देशको टुङ्गो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ।विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी

रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभर विरोध प्रदर्शन, तस्वीर

रूसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा विश्वभरमा नागरिक सडकमा ओर्लिएका छन्।  रूसी राजधानीमा नै युद्ध विरोधी नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्।रूसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन्।  ती प्रदर्शनहरूमा रूसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ।पाकिस्तान, अमेरिका,  साउथ कोरिया, क्यानडा, इटली, पोल्याण्ड, डेनमार्क, इक्वेडर, अल्बानिया, टर्कीका मुख्य शहरमा युद्धको विरोध भइरहेको छ। रूसले केही महिनाको प्रयासपछि

पोल्याण्ड विश्वकप फुटबलमा, डेनमार्क प्ले अफ्मा

काठमाडौं । पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ ।