काठमाडौँ। नयाँ सत्ता समीकरण निर्माण गर्ने विषयमा कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षले जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेको छ। बिहीबार बिहान नेकपाको पार्टी कार्यालय पेरिस डाँडामा भएको छलफलमा प्रचण्ड—नेपाल पक्ष खेमाका पुष्पकमल दाहाल र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग कुराकानी गरेको थिए।