काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन्।सोमवार पार्टी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०/३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु नै भएको बताए।उनले संसदीय दलको नेता बदल्नु अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फेर्न लागिपर्ने बताए। उनले पार्टी सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बनिसकेकाले अर्को नेता पार्टीको संसदी