काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको हो। जसअनुसार सोमबार दिउँसो ३ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ।कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले दलको नेता बन्ने आकांक्षा देखाएका छन्। उम्मेदवारमाथि दाबी व