काठमाडौं : चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ। जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीका अनुसार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको हो। कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने अडान राखेका थिए। १ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार २ सय ७७ म