एक दशकअघि बाजुराका खड्गसिंह बोगटीले प्राकृतिक रेसाजन्य बिरूवाका बोक्रालाई प्रशोधन गरी बनाइएका वस्तुमा आफ्नो भविष्य देख्नुभयो । अनि सानै स्तरमा भए पनि उनले यसको व्यवसाय सुरु गर्नुभयो । अहिले उनको यो व्यवसाय बढेर झङ्गिएको छ ।
क्याप/टोपी, ज्याकेट, कोट, पाइन्ट, ट्राउजर, चप्पल, जुत्ता, झोला, पर्स÷वालेट, ह्याण्ड ब्याग, स्कार्प, रूमाल, डोरम्याट, टेबल म्याट, तकिया खोल, सोफा/गाडीमा चाहिने सिटका खोललगायतका अन्य थुप्रै वस्तुको कारोबारमा उनी संलग्न छन् । उनको उद्योगमा तयार गरिएका यस्ता बस्तु स्वदेश तथा विदेशमा लोकप्रिय बनेका छन् । द...