मौलाकालिकामा पर्यटन

मौलाकालिका मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिकाअन्तर्गत, पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणी पुलबाट उत्तरतर्पm करीब ४ किमी टाडा समुद्र सतहदेखि ५६१ मिटर उचाइ पहाडी वनको धुरीमा रहेको छ । १६औं शताब्दीमा पाल्पाली राजाले देवी कालिकाको नाममा प्रतीकात्मक प्रस्तुति स्थल सृजना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको थियो । मन्दिरलाई स्थानीय स्थानबाट धेरैपटक पुनःस्थापित गरिएको पाइन्छ । मौलाकालिका मन्दिर लोकप्रिय हुनुभन्दा अगाडि गैंडाकोटका स्थानीय मानिसहरूले मौलाकालिका मन्दिरको धेरै दशकदेखि नै पूजा गर्दै आएका थिए । हालको मन्दिर १९९० को दशकमा मात्र बनेको थियो । मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुकबाट हजारौं धार्मिक आस्था राख्ने मानिसहरू पूजा गर्न आउने गरेका छन् । साहसिक र रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीहरू १८८२ ओटा सिँढीहरू पार गरेर मात्र मन्दिरमा पूजा आर्चना गर्छन् । साथै सिँढीको दायाँबायाँको पर्खालहरूमा कुँदिएका विभिन्न मूर्ति, चित्र तथा वरिपरिको मनोरम प्राकृतिक रौनकले धर्मावलम्बी तथा पर्यटकलाई आकर्षित गरेको पाइन्छ । नारायणघाट बजारबाट पैदलयात्राको दूरीभित्र पर्ने र देवीको नियमित दर्शनका कारण व्यायाम हुने भएकाले पनि मानिसहरू मन्दिरमा जान्छन् । सामाजिक तथा धार्मिक संस्थाहरूको अभिभावक नै समाज हो । समाजको स्नेह, सद्भाव, ममता, अपनत्व र योगदान प्राप्त गर्न भगवतीको शक्ति नै मुख्य प्रभावकारी भई धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पूँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पूँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको शुरूदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पूँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि प्राप्त गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ । आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि संचालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । उक्त क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । उक्त कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । समृद्ध गाउँ तथा नगरको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भूधरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक, संस्कृतिक र पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि उक्त स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण मौलाकालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । नगर तथा ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवंम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस मौलाकालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । यस क्षेत्रमा, ट्रेकिङ स्थलको विकास गर्नु आवश्यक छ । यसले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुग्नेछ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । यसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमूनाका रूपमा मौलाकालिका क्षेत्रलाई विकास गर्न सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्ने थियो । लेखक डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

सम्बन्धित सामग्री

पर्यटन, इतिहास र विश्व पर्यटन दिवस

विश्वमा कहिलेदेखि र किन विश्व पर्यटन दिवस मनाउन थालियो ? भन्दाखेरि सन् १९७९ मा भएको संयुक्त राष्ट्रसंघ (संरासं–युएन) को साधारणसभाको भेलाले १९८० को सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने निर्णय गरेको थियो । त्यसपछि लगातार संयुक्त राष्ट्रसंघको मातहतमा विश्वभरि विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यो वर्ष पनि गएको २७ सेप्टेम्बरका दिन विश्वभरि ४४ […]

पर्यटन प्रवर्द्धनका लागि सरसफाइ

काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियान अन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शुक्रबार वसन्तपुर डबली–असनचोक, ठैँटीचोक–ठमेल हुँदै नरसिंहचोकसम्म सरसफाइ गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन […]

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ

काठमाडौँ,१७ भदौ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज वसन्तपुर डबली–असनचोक, ठैँटीचोक–ठमेल हुँदै नरसिंहचोकसम्म सरसफाइ गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन […]

नेपाल पर्यटन बोर्डले गर्‍यो क्यानडाका पर्यटन दुत टण्डनलाई सम्मानित

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत नर बहादुर टण्डनलाई सम्मान गरेको छ । पर्यटन बोर्डले विदेशमा आफनै स्रोत र साधनको प्रयोग गरेर नेपालका पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै टण्डनलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालमा पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो । उहाँले […]

संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड

काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ। पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक…

पर्यटन पुनरुत्थान र दिगो पर्यटन विकासमा सहयोग हुने

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ ।माल्दिभ्समा आयोजित युएनडब्लुटिओ एशिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक तालिम कार्यक्रमका अवसरमा भएका अन्तरक्रिया तथा द्विपक्षीय छलफलका क्रममा नेपालको पर्यटन प्रर्वद्धनका लागि सकारात्मक देखिएको हो । अक्टुबर ५ देखि ८ सम्म अर्थात असोज १९ देखि २२ सम्म माल्दिभ्समा […]

ब्युँझँदै गरेको पर्यटन क्षेत्र

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र अब ब्युँझिँदै गरेको आभास हुन थालेको छ । सन् २०२० को पर्यटन वर्ष घोषणाले पर्यटन व्यवसायी उत्साही बनेका थिए । सन् १९९८ र २०११ मा मनाइएको पर्यटन वर्ष र त्यसको आंशिक सफलताले सन् २०२० को भ्रमण वर्षका लागि पर्यटन व्यवसायीले आफ्ना व्यावसायिक प्रतिष्ठानको स्तरोन्नति र व्यापार विस्तारमा उल्लेख्य लगानी गरे । तर, अहिले सो समयमा लागेको ऋण, व्याज र किस्ताले पिरोलिइरहेका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । तयारीका लागि क

समावेशी पर्यटन : किन र कसरी ?

विश्वलगायत हामीले  असोज ११ गते सदाजस्तै विश्व पर्यटन दिवस मनायौँ । पर्यटन विभाग, पर्यटन बोर्ड पोखरा शाखा र गण्डकी प्रदेश सरकारको आयोजनामा विभिन्न देशका राजदूत, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, कन्सुलेट्सहरुलाई पोखराको सेरोफेरोमा भ्रमण अवलोकन गराएर सराहनीय काम भएको छ । यसका लागि प्रदेश सकार, पर्यटन बोर्ड पोखरा धन्यवादका हकदार छन् ।विश्व पर्यटन संगठनले सन् २०२१ का लागि पर्यटन दिवसको नारा  ‘समावेशी सम्बृद्धिका लागि पर्यटन’ तय गरेको थियो । गत वर्षको नारा भने ग्रामीण विकासका