एक दशकअघि बाजुराका खड्गसिंह बोगटीले प्राकृतिक रेसाजन्य बिरूवाका बोक्रालाई प्रशोधन गरी बनाइएका वस्तुमा आफ्नो भविष्य देख्नुभयो । अनि सानै स्तरमा भए पनि उहाँले यसको व्यवसाय सुरु गर्नुभयो । अहिले उहाँको यो व्यवसाय बढेर झङ्गिएको छ ।
क्याप÷टोपी, ज्याकेट, कोट, पाइन्ट, ट्राउजर, चप्पल, जुत्ता, झोला, पर्स÷वालेट, ह्याण्ड ब्याग, स्कार्प, रूमाल, डोरम्याट, टेबल म्याट, तकिया खोल, सोफा÷गाडीमा चाहिने सिटका खोललगायतका अन्य थुप्रै वस्तुको कारोबारमा उहाँ संलग्न हुनुहुन्छ । उहाँको उद्योगमा तयार गरिएका यस्ता बस्तु स्वदेश तथा विदेशमा लोकप्रिय बनेका छन् । देशका विभिन्न क्षेत्रमा त्यसै खेर गइरहेका रेसाजन्य बिरूवाका बोक्रालाई सङ्कलन र प्रशोधन गरेर तयार गरिएको धागोबाट उहाँले यस्ता बस्तु तयार गर्नुहुन्छ ।
काठमाडौँको बूढानीलकण्ठमा रहेको हिमाल