कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएसँगै वैशाख २२ गतेदेखि झापामा निषेधाज्ञा जारी गरिएको छ । तर निषेधाज्ञा अवधिमा पनि बिर्तामोडमा नदीजन्य पदार्थको उत्खनन् र ओसारपसार निर्वाध भइरहेको छ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र झापाको वैशाख २५ गते बसेको बैठकले निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनहरू बिहान ६ देखि १० बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर सडकमा दिउँसोको समयमा पनि गिटी तथा बालुवा बोकेका ट्रयाक्टरहरू निर्वाध सञ्चालन भइरहेका छन् ।बिर्तामो