शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गर्नुभएको हो । जीतसँगै बाँसबारीले आठ खेलमा १८ अङ्क जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई अङ्क मात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा रहेको छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । (रासस)

सम्बन्धित सामग्री

बाँसबारी क्लब र सिद्धार्थ बैंकबीच सम्झौता

सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रुपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ । काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । चार लाख रुपियाको प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।बाँसबारीका अध्यक्ष थापाले भन्नुभयो, ‘देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलब

चर्च ब्वाइज ‘बी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – लिगको एक खेल बाँकी छँदै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको छ । मंगलबार भएको लिगको १२औं चरणको खेलमा बाँसबारी क्लबमाथि ५–१ सानदार जित निकाल्दै चर्च ब्वाइज लिगको एक खेल बाँकी छँदै च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो । सातदोबाटोस्थित एन्फा कम्लेक्समा […]

बी डिभिजन लिग फुटबलमा बाँसबारी क्लबको फराकिलो जीत

राजेश पौडेलको ह्याट्रिकको सहयोगमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकाल्दा अर्को खेलमा बीरगञ्ज युनाईटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका छन् ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि आधा दर्जन गोल गरेको हो । एक तर्फी जस्तो भएको खेलमा बाँसबारीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भएको थियो ।

‘बी’ डिभिजन लिग आजबाट सुरु हुँदै

काठमाडौं, १८ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (बुधबार)बाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगको पहिलो दिन तिन खेलहरु हुने जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती […]

आजबाट सहिद  स्मारक ‘बी’ डिभिजन लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद  स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् । अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ ।लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लि

'बी' डिभिजन लिग : श्रीकुमारी र बाँसबारी विजयी

काठमाण्डाै – सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आइतवार भएका खेलमा श्रीकुमारी र बाँसबारी विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा श्रीकुमारी क्लबले नयाँ बस्ती युवा क्लबलाई चार–तीनले हराएको हो ।  जितसँगै श्रीकुमारीले १० खेलमा ११ अङ्क जोडेको छ । नयाँबस्तीको १० खेलमा १२ अङ्क छ ।  यस्तै एन्फा मैदानमा भएको दोस्रो खेलमा बाँसबारी क्लबले झम्सिखेल युथ क्लबलाई चार–शून्यले हराएको छ । जितसँगै बाँसबारीले १० खेलमा २१ अङ्क जोडेको छ । झम्सिखेलको १०...

शहीद स्मारक ’बी’ डिभिजन लिग ः बाँसबारी बराबरीमा रोकियो

काठमाडौँ ।शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न भने सकेनन् । मध्यान्तर अघि र त्यसपछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास भएको थियो । खेल बराबरीमा […]