झापा : सरकारी जमिन हडपेर वर्षौंदेखि बसोबास गरेको भन्दै दमक नगरपालिकाले सुकुमबासी बस्तीमा डोजर चलाएको छ।
नगरपालिकाले डोजर चलाएर घर टहरा भत्काएपछि त्यहाँ बसोबास गर्दै आइरहेका दुई दर्जन घरपरिवार विस्थापित भएका छन्। सरकारी जमिन खाली गर्नु भन्दै स्थानीय तहले पटक पटक सूचना जारी गर्दा समेत उनीहरूले अटेर गरेपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी नगरपालिकाले शुक्रबार बिहान डोजर चलाएर संरचना हटाउन थालेको छ।
दमक वडा नम्बर ७ स्थित हाट खोला बजार क्षेत्रको सुनचाँदी लाइन र पुरानो पूर्वपश्चिम राजमार्ग लाइ...