काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द 'विप्लव'ले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् ।
आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताउनुभयो ।
दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन् । यस्तै, सहमतिअनुसार आजदेखि पक्राउ परेका ...