प्रधानमन्त्री ओली र 'विप्लव' ले राष्ट्रिय सभा गृहमा संयुक्त सम्बोधन गर्दै

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रिय सभा गृहमा भइरहेकाे विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर हुनेछ । सरकार र विप्लव समूहबीच बिहीवार भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा विस्तृत विवरण सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताउनुभयो । सम्बोधनअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महा...