गुराँस लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी (एएमएल-सीएफटी) तालिम सञ्चालन गरेको छ ।कम्पनीले पोखरमा राष्ट्रिय स्तरको सम्पत्ति शुद्धीकरण तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जानकारी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।कार्यक्रमको प्रस्तुती कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले गरेका थिए । […]

सम्बन्धित सामग्री

गुराँस लाइफको सम्पत्ति शुद्धीकरण तालिम

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता लक्षित राष्ट्रिय स्तरको सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम पोखरामा सम्पन्न गरेको छ । तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जानकारी दिने उद्देश्यले देशभरका करिब ४ सय अभिकर्ताको सहभागितामा तालिम सम्पन्न भएको कम्पनीले बताएको छ । कार्यक्रमको प्रस्तुति कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेल र सहजीकरण कम्पनी सचिव तथा प्रशासन विभाग प्रमुख बोधलाल पुरीले गरेका थिए । उक्त अवसरमा अभिकर्ताले सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेसामा उपयोग गरी कम्पनीको व्यवसायलाई थप उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।