स्वास्थ्यकर्मीलाई कोरोना हुँदा स्वास्थ्य चौकी सिल

जुम्ला : कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ।अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो। स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार शुक्रबारदेखि फागुन २ गतेसम्म स्वास्थ्य चौकी बन्द गरिएको हो।उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ।’ कोरोना संक्रमणको तेस्रो लहरमा यो पालिकामा २५ जनालाई परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ। यसमध्ये तीन जना मात्रै सक्रिय संक्रमित रहेको इन्चार्ज उपाध्यायले बताए

सम्बन्धित सामग्री

४९ स्वास्थ्यकर्मी संक्रमित भएपछि कञ्चनपुरमा स्वास्थ्य सेवा प्रभावित

कञ्चनपुरमा ४९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरको अनुसार गत पुषदेखि ११ माघसम्म ४९ स्वाथ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो। जिल्लाका विभिन्न स्वास्थ्य चौकी, महाकाली अस्पतालसहितका स्वास्थ्य संस्थामा कार्यरत...