काठमाडौं : तीन सहसचिवलाई सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो।बढुवा सिफारिस समितिले सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा.रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।बढुवा सिफारिस समितिको केही दिनअघि बसेको बैठकले जेष्ठतातर्फ शर्माको नाम मात्रै सिफारिस गरेको थियो