कञ्चनपुर। निषेधाज्ञाको आदेशविपरित बिहेमा जन्ती गएकाहरू कारवाहीमा परेका छन्। निषेधाज्ञामा २५ जनाभन्दा बढी जान नपाउने मापदण्डको उल्लंघन गर्दै ४५ जना जन्ती गएका थिए। उनीहरूलाई पाँच घण्टा टन्टलापुर घाममा राखिएको हो। प्रहरीका अनुसार सुकासालबाट भाँसी जादैं गरेको जन्तीसहितको बसलाई ५ घण्टा होल्ड गरिएको हो। बेहुला र परिवारका सदस्यलाई छोडेर अन्यलाई दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म महेन्द्रनगरस्थित मञ्चमा होल्ड गरिएको हो।