काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्ने क्रममा ओमानबाट पनि सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोडर्न एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको हो । ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्सचेञ्ज कम्पनीको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकनेछन् ।नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मो