पोखरा : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल पोखरा आएका छन्। एकीकृत समाजवादी कास्कीको आइतवार हुने जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल आज पोखरा आइपुगेका हुन्।
एकीकृत समाजवादी कास्कीका अध्यक्षका अनुसार आइतवार ११ बजे कार्यकर्ता भेलालाई नेपालले सम्बोधन गर्दै छन्। त्यसअघि पार्टीको जिल्ला कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ।…