रोजगारी खोज्न भारत पलायन

आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् ।

सम्बन्धित सामग्री

त्रिशूलको माग बढ्यो, आरन खाली

दसैँको चहलपहलसँगै विभिन्न मठमन्दिरमा त्रिशुल, घन्ट, धामी झाँक्रीले लगाउने चाँदीका बाला र भगवतीका शक्तिपीठमा राँगा÷बोकाको बलि दिने खुँडाको माग बढे पनि जिल्लाका अधिकांश आरन खाली छन् । आरनमा फलाम पिट्ने कालिगड छैनन् । आरनको सिप भएका अधिकांश दलित रोजगारी खोज्न भारत पलायन भएपछि गाउँमा अचेल कालिगड भेटाउन मुस्किल परेको छ ।

६० रुपैयाँ तलबको कामदारबाट उद्योगीसम्म आइपुग्दा...

वीरगञ्ज । गरीबी र पारिवारिक दायित्वको बोझ बोकेर १२ वर्षको कलिलो उमेरमै वीरगञ्जको एउटा व्यापारिक फर्ममा झाडु लगाउने काम गर्न पुगेका मुर्ली जलान अहिले आफै २५ जनालाई रोजगारी दिने अवस्थामा पुगेका छन् भन्दा पत्यार नलाग्न सक्छ । पत्याउनु पनि कसरी ? उनलाई नै यो वास्तविकता सपनाजस्तो लाग्छ ।  यो अपत्यारितो वास्तविकता यसै सम्भव भएको होइन । कामप्रतिको निरन्तर लगाव र नयाँ कुरा सिक्ने भोकले उनलाई यो सफलतासम्म पुर्‍याएको हो । ‘त्यतिबेला वीरगञ्जको मेनरोडमा बजरंग स्टोर नामको फर्ममा प्रतिमहीना ६० रुपैयाँमा काम गर्न पुगेको थिएँ,’ अहिले ५० वर्षमा हिँड्दै गरेका मुर्ली सम्झिन्छन्, ‘त्यहाँ उनको काम हुन्थ्यो । १५/१६ वर्षसम्म त्यही फर्ममा बसें । फर्म सञ्चालकले धनगढीमा लुगा सिलाउने धागो उद्योग खोलेपछि त्यहाँ पनि कामदारकै रूपमा गएँ । त्यहाँ उद्योगको व्यवस्थापन सिक्ने मौका मिल्यो ।’  उनले धागो उद्योग चलाउनुपछाडिको संयोग पनि उस्तै छ । पश्चिम नेपालको धनगढीमा साझेदारीमा खुलेको त्यो उद्यम सोचेजस्तो जम्न सकेन । साझेदारी पनि टिकेन । धागो उद्योग बन्द भएपछि वीरगञ्ज फर्किएका मुर्लीलाई नै सहयोगी कर्मचारी राखेर सञ्चालकले पुन: अर्को धागो उद्योग खोले । तर, माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा रहेका बेला चन्दा आतंक खेप्न नसकेर मुर्लीका साहूजी आफ्नो परिवारसहित भारत पलायन भए । मुर्ली कहाँ जाने/के गर्ने चिन्तामा डुब्न थाले ।  संयोग नै भन्नुपर्छ मुर्लीलाई त्यो धागो उद्योग र केही पैसा ‘आशीर्वाद’का रूपमा छोडेर उनका साहू भारततर्फ लागे । त्यही उद्योगलाई २०६० सालमा ‘एस थ्रेड’को नाममा दर्ता गरेर अहिले वार्षिक ७/८ करोडको कारोबार गरिरहेका मुर्लीले यो उद्योगमा ५ करोड रुपैयाँ लगानी पुर्‍याइसकेका छन् । धागो उद्योगमा कामदारको रूपमा व्यवस्थापनको प्रारम्भिक ज्ञान बटुलेका मुर्लीले अनुभवले खारिँदै २० वर्षदेखि वीरगञ्जमा धागो उद्योग नै चलाइरहेका छन् । उनी इलास्टिक बनाउने अर्को एक उद्योगमा पनि सक्रिय साझेदारको रूपमा छन् ।  कम छैनन् समस्या कोरोना महामारीयता खस्किएको बजारबाट धागो उद्योग पनि जोगिएको छैन । वार्षिक ३५/४० करोड रुपैयाँको घागो बजार विगत वर्षहरूको तुलनामा अहिले ४० प्रतिशतले घटेको अनुभव उनको छ । ‘खर्च भने बढेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको ब्याज दोब्बर पुगेको छ । उद्योग चलाउनु कठिन काम बन्दै गइरहेको छ,’ मुर्ली समस्या सुनाउँछन् । बजारमा छाएको मन्दीकै कारण उनले काठमाडौंमा नयाँ धागो उद्योग सञ्चालनको योजनासमेत अहिलेलाई स्थगित गरेका छन् । उद्योगका लागि पाँचओटा उपकरण भित्रिइसकेका छन् । बजार खस्किएपछि तत्कालका लागि स्थगित गर्नुपरेको मुर्ली बताउँछन् ।  नीतिगत संरक्षणको अपेक्षा सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने खालको नीति लिनुपर्नेमा त्यसको अनुभूति नपाएको गुनासो औसत उद्योगी जस्तै उनको पनि छ । ‘स्वदेशमा आयात हुने तयारी धागो कच्चा पदार्थको सहुलियतमा भित्रिइरहेको छ । यसले स्वदेशका उद्योगलाई प्रतिस्पर्धामा अत्यन्तै गाह्रो भइरहेको छ,’ उनले भने । उद्योगका लागि सहुलियत दिनु राम्रै भए पनि व्यापारिक प्रयोजनका लागि भित्रिने धागोसमेत कच्चा पदार्थ भनेर भित्रिइरहेको दाबी उनले गरे ।  राजनीतिप्रति आकर्षण  पछिल्लो समयमा राजनीतिप्रति आकर्षित भएका मुर्ली राजनीतिलाई फोहोरी खेलमात्र ठान्न नहुनेमा स्पष्ट छन् । राजनीतिलाई सफा बनाउन राजनीतिमै संलग्न हुनुपर्ने मान्यता राख्ने उनी निजीक्षेत्रले राजनीतिमा राम्रो गर्न सक्नेमा विश्वस्त पनि देखिन्छन् ।

सुदूरपश्चिम पर्यटनका चुनौती र समाधान

नेपालको सुदूरपश्चिम भूगोल अपार प्राकृतिक सुन्दरतासँगै भाषिक, सामाजिक, सांस्कृतिक, जैविक एवं भौगोलिक विविधताले सजिएको क्षेत्र हो । सामुद्रिक सतहबाट छोटो उचाइमा समेत वर्षका ६/८ महीनासम्म सेताम्य हिउँको आनन्द लिन सकिने अद्भुत विशेषता यहाँ पाइन्छ । यहाँका अपि, व्यास र साइपाल हिमाल, त्रिवेणी र शोेतापाटन, रामारोशनलगायत स्थल साहसिक पर्यटनमा अन्नपूर्ण, मनासलु र गौरीशंकरपछिकै उत्कृष्ट गन्तव्य मानिन्छन् ।  सुदूरको चर्चित खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा अपि नाम्पा संरक्षित क्षेत्र विश्वमै दुर्लभ मानिँदै गएका विभिन्न प्रजातिका वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी पाइने स्थल हुन् । तालतलैया, पाटन, खोच, गुफासँगै यस क्षेत्रमा जडीबुटी यार्सासमेत पाइन्छ । यस क्षेत्रका बडिमालिका, त्रिपुरासुन्दरी, बैजनाथधाम, सुरमादेवी, शैलेश्वरी, मालिकार्जुन, उग्रतारा, बेहेडाबाबा निकै चर्चित धार्मिक स्थल हुन् । यसै क्षेत्रका देउडा नाच र गौरापर्वले प्रदेशलाई दूरदराजसम्म चिनाएको छ । सुदूरपश्चिम प्रदेश करीब ८ लाख मानिसले बोल्ने इन्डो आर्यन अर्थात् डोटेली भाषाको केन्द्रसमेत हो । धार्मिक तथा सांस्कृतिक पर्यटनका अतिरिक्त यो प्रदेश एग्रो टुरिजम, रिक्रिएशन टुरिजम, एजुकेशनल टुरजिम, भ्याकेशन टुरिजम, वेलनेस तथा हेल्थ टुरिजम, एमआईसीई र प्रेस्टिज टुरिजम आदिका लागि पनि अपार सम्भाव्यता बोेकेको क्षेत्र हो ।  सुदूरपश्चिम पर्यटनका चुनौती  सुदूरपश्चिम पर्यटनको पहिलो चुनौती सडक एवं यातायात सञ्जाल हो । प्रदेशका कैयन् गन्तव्यको यात्रा सडक एवं बाटाघाटोको अभावमा निकै कष्टकर तथा पहँुच बाहिर रहेको छ । पर्यटकमैत्री पूर्वाधारहरूको कमी दोस्रो चुनौती हो । यहाँका चर्चित पर्यटकीय गन्तव्य बडिमालिका, रामारोशन, सुरमा सरोवर, शोतापाटन, त्रिवेणी पाटन, बूढीनन्दालगायत स्थलमा पूर्वाधारहरूको निकै कमी रहेको छ । यस कारण पर्यटक भेडीगोठ (खर्क) मा बस्न बाध्य छन् । युवाशक्तिको भारत पलायन यहाँको तेस्रो चुनौती हो । स्थानीय स्तरमा पर्यटनको महत्त्व र यससँग जोडिएका कैयन् रोजगारी एवं अर्थोपार्जनका सम्भावनाका बारेमा जानकारी नहुँदा रोजागारीका लागि अधिकांश युवा भारत जाने गरेका छन् जसले गर्दा स्थानीय स्तरमा पर्यटनका लागि जनशक्तिको निकै अभाव रहेको छ । भएकाहरू पनि दक्ष एवं अनुभवी छैनन् । चौथो चुनौती अध्ययनविनाको पूर्वाधार विकास हो । बढ्दो पर्यटकीय चहलपहलसँगै स्थानीय सरकारद्वारा सरोकारवालाहरूसँग यथेष्ट छलफल नै नगरी समग्र वातावरणीय प्रभावको अध्ययनविना गर्न थालिएको पूर्वाधार विकास यहाँको पर्यटनको अर्को पेचिलो चुनौती हो । यस्ता गतिविधिले सदियौंदेखि जोगिँदै आएको सुदूरको धार्मिक, प्राकृतिक एवं सामाजिक विरासत तहसनहस हुनसक्ने खतरा बढ्दै गएको देखिन्छ ।  समाधान एवं प्रवर्द्धनका उयाय  सुदूरको सुन्दरता अवलोकनका लागि सर्वप्रथम विद्यमान सडक सञ्जालको स्तरोन्नतिसँगै नयाँ गन्तव्यहरूमा सडक तथा हवाई सञ्जाल बढाउनुपर्ने देखिन्छ । पदयात्रामार्ग लगायतमा पर्यटनमैत्री पूर्वाधार विकाससँगै होमस्टे, खर्कस्टे आदिलाई थप व्यवस्थित तुल्याउँदै लैजानुपर्छ । मोयाना डाँड, खसीलेडा, चुली, खानीडाँडा आदिलाई हिल स्टेशनको अवधारणामा लग्नुका साथै स्थानीय स्तरमै पर्यटन सचेतनामूलक कार्यक्रमको विकास गर्दै युवालाई पर्यटन उद्योगप्रति रुचि जगाउन सक्नुपर्छ । प्रचारप्रसारका लागि स्थान विशेषका डकुमेन्ट्रीको तैयारीसँगै बृहत् छलफल, अन्तरक्रिया एवं गोष्ठी आदिको आयोजना गरिनुपर्छ । अध्ययन, अनुसन्धान र नवप्रवर्तनका लागि स्थानीय तथा प्रादेशिक सरकारले बजेट विनियोजन गरी अनुसन्धानको दायरालाई थप फराकिलो पार्नुपर्छ । प्रदेशसँग सीमा जोडिएका लुम्बिनी र कर्णाली प्रदेशका पर्यटन सरोकारवालाहरूसँग समन्वय गरी त्यहाँ आउने पर्यटकलाई सुदूर भ्रमणमा लैजाने खालका विविध टुर प्याकेजको व्यवस्था गर्नुपर्छ । सुदूर पर्यटनको जानकारी गराउन पहिलो ५ वर्षसम्म यहाँका हरेक चर्चित गन्तव्य लक्षित गरी वार्षिक रूपमा पर्यटन महोत्सव एवं मेलाको आयोजना गरिरहनुपर्छ । संघीय तथा प्रादेशिक सरकारले विकास साझेदारसँगको सहकार्यमा विकास आयोजना तथा क्षमता तथा व्यावसायिकता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्छ । अन्तरप्रदेश समन्वय गर्दै उच्च तहको भ्रमण एवं बैठकको परिपाटीको शुरुआत गर्नुपर्छ । नेपालस्थित दूतावास तथा विदेशी नियोगका पदाधिकारीहरूलाई सद्भावना भ्रमणका लागि आमन्त्रित गर्ने अभ्यासको थालनी गर्नुपर्छ । नेपाल टुरिजम बोर्ड, नाट्टा, हान, टान, सोटो, नाथम, एनएमएजस्ता संस्थासँगको सहकार्यमा राजधानी भित्रने पर्यटकलाई विकेन्द्रित गर्ने खालका रणनीतिहरू तर्जुमा गर्नुपर्छ । सुदूर पर्यटनका जानकारीमूलक डिस्प्लेहरूको व्यवस्थासँगै स्कूल टुरिजम क्लब तथा अलग्गै पर्यटन पाठ्यक्रम अवधारणाको विकास गर्नुपर्छ । नेपाल टेलिकम तथा एलसेलसँगको सहकार्यमा सुदूर पर्यटन जिंगलको विकास गरी कुनै पर्व, जात्रा एवं महत्त्वपूर्ण दिनलाई लक्षित गरी रिङटोनका रूपमा जिंगल बजाउन सकिन्छ । पर्यटन क्षेत्रप्रति रुचि राख्दै नि:स्वार्थ यस क्षेत्रमा होमिएका युवा पर्यटन अभियन्ताहरूलाई राज्यले पुरस्कृत गर्दै ब्लग, भ्लग, डकुमेन्ट्री निर्माण तथा टुरिजम फोटोग्राफीप्रति उत्पे्ररित गर्नुपर्छ । सरकारले निजीक्षेत्रसँगको सहकार्यमा प्रवर्द्धनका विविध कार्यक्रम थाल्नुपर्छ । कृषि पर्यटनलाई जोड्न कृषि मन्त्रालयसँगको सहकार्यमा दिगो पर्यटन क्रियाकलापहरूको विकास गर्नुपर्छ । स्थानीय स्तरमा रोजगारी सृजनामा जोड दिनुपर्छ । प्रदेशसँग सीमा जोडिएका भारत र चीनका पर्यटक भित्त्याउन आवश्यक पहलकदमी गर्दै त्यसअनुसारका रणनीति तर्जुमा गर्नुपर्छ । प्रदेशले तैयार पारेको गुरुयोजनाअनुसारका कार्यको अविलम्ब थालनी गर्नुपर्छ । यसो गर्न सकेमा बहुआयामिक सुदूरपश्चिम प्रदेशको पर्यटन नेपालको समग्र विकासमा एउटा दरिलो कोसेढुंगा सावित हुनसक्ने देखिन्छ । सुदूरको पर्यटन राज्यको मात्र कार्यक्षेत्र होइन । यो त सरकार, निजीक्षेत्रलगायत तपाईं हामी सबैको उत्तरदायित्व हो । त्यसैले हामी सबै आआफ्ना तहबाट सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा जुटौं ।  लेखक ग्लोबल ट्राभल्स एन्ड टुरिजम पार्टनरसीपका नेपाल निर्देशक हुन् ।

नेता सांसद बन्दै शहर छिरे जनता भारत

जाजरकोट ।  जाजरकोटका ग्रामीण भेगका सर्वसाधारण भारत पलायन हुन थालेका छन् । प्रदेश तथा प्रतिनिधि सभाका सदस्यहरू विजय उत्सव मनाइरहेका बेला जनता काम खोज्दै भारत पलायन हुन थालेका हुन् । गाउँमा श्रम र रोजगारी नहुँदा नाना र खानाको जोहो गर्न सर्वसाधारण धमाधम भारत जाने गरेका छन् । उता दैनिक २० देखि ५० जना ज्यालामजदुरी गर्न […]

नेता सांसद बन्दै शहर छिरे जनता भारत

जाजरकोट । जाजरकोटका ग्रामीण भेगका सर्वसाधारण भारत पलायन हुन थालेका छन् । प्रदेश तथा प्रतिनिधि सभाका सदस्यहरू विजय उत्सव मनाइरहेका बेला जनता काम खोज्दै भारत पलायन हुन थालेका हुन् । गाउँमा श्रम र रोजगारी नहुँदा नाना र खानाको जोहो गर्न सर्वसाधारण धमाधम भारत जाने गरेका छन् । उता दैनिक २० देखि ५० जना ज्यालामजदुरी गर्न […]

उम्मेदवार भोट माग्दै गाउँमा, मतदाता रोजगारी खोज्दै भारतमा

काठमाण्डाै - चुनाव आउन अब ९ दिन मात्र बाँकी छ । गाउँघरमा चुनावी चहलपहल बढ्न थालेको छ । तर सुदूरपश्चिमका केही मतदातालाई यो चुनावले छोएको छैन । यस अघिका चुनावमा पनि यसैगरी रोजगारी खोज्दै भारत पलायन हुने गरेका युवा मतदाता यसपालि पनि भारततिर लागेका छन् । आ–आफ्नो दल तथा उम्मेदवारलाई विजयी गराउन नेता/कार्यकर्ता गाउँघरमा पुगेर नागरिकसँग मत माग्न व्यस्त छन् । खेतबारीदेखि घाँस दाउरा गर्ने ठाउँसम्म पुगेर उनीहरु मत मागिरहेका छन् । तर गाउँका युवा भने रोजगारीको खोजीमा भारतलगायतका अन्य देश पलायन भइरहेका छ...