त्रियुगाका मेयर उम्मेदवारविरुद्ध कर नतिरेको उजुरी, उम्मेदवारी खारेजीको माग

काठमाडौँ – उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बनेका बसन्तकुमार बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्माण व्यवसायीसमेत रहेका बस्नेतको कम्पनी एपेक्स इन्द्रेणी जेभीले कर नतिरेपछि आन्तरिक राजश्व कार्यालय लहानले भ्याट नतिरेको सूचना प्रकाशित गरेको थियो। बस्नेतले भ्याट नतिरेको प्रमाणसहित निर्वाचन आयोगमा उजुरी परेको छ। उजुरीमा निज बस्नेतको उम्मेदवारी खारेज गर्न माग गरिएको […]