विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसाविरुद्धको अभियान गाउँ–गाउँमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पुर्याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले सो कुरा बताए...