काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (बिहीवार) पनि उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले ओरालो लागेर १ हजार ९७२ दशमलव शून्य ९ मा सीमित भएको छ।ठूला कम्पनीको कारोबारमापक सेन्सेटिभ परिसूचक ४ दशमलव ७९ अंकले ओरालो लागेर ३५१ दशमलव ६५ मा सीमित भएको छ। आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो। कूल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा