साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७६ अंकले घट्दै ३८६.९० अंकमा झरेको छ । झण्डै २८ अंकले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको