काठमाडौं । एपोलो हाइड्रोपावरले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १४ लाख १० हजार कित्ता साधारण शेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग मंगलवार सम्झौता गरेको हो ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको आईपीओ पूरै विक्री नभएमा विक्री नभएको शेयर मुक्तिनाथ क्यापिटलले सकार्ने छ ।
कम्पनीले निर्माण गरिरहेको बुकु खोला जलविद्युत् आयोजना ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरेर ६ मेवा क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउन २२ गते विद्युत खरीदविक्री सम्झौता गरी उक्त आयोजनाको निर्माण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको जानकारी दिएको छ ।