मलेसियाविरुद्ध नेदरल्यान्ड्स : वर्षाका कारण फेरि खेल अवरुद्ध

काठमाडौं। कीर्तिपुरमा जारी मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल फेरि वर्षाका कारण अवरुद्ध भएको छ। दोस्रो इनिङ्सको छैटौं ओभर चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो। वर्षाअघि १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाएको थियो। यसअघि पहिलो इनिङ्समा पनि वर्षा भएपछि खेल केहीबेर रोकिएको थिए। वर्षाकै कारण खेललाई निर्धारित २० ओभरबाट १३ ओभरमा छोट्याइएको छ।