नवलपरासी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन्। उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका थिए। सुस्ता गाउँपालिकाअन्तर्गत रुपौलिया, बरुवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा सदस्य उम्मेदवार […]