१० असार, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन ३० कात्तिक २०७९ मा प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्नुअघि आयोग पदाधिकारीहरु परामर्शमा छन्, त्यसक्रममा ३० कात्तिक बुधबार उपयुक्त हुने राय आएको छ । प्रमुख प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आफूहरु आम चुनावको मितिबारे छलफलमा रहेको बताउँछन् […]