जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नेता तथा पूर्व विदेशमन्त्री फुमियो किशिदालाई त्यहाँको संसदले नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । किशिदा जापानको एकसयौं प्रधानमन्त्री हुनुहुन्छ । सोमबार जापानको दुबै सदनमा भएको मतदानमा किशिदाले आफ्ना प्रतिद्वन्द्वीलाई भारी अन्तरले पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । उहाँले ४ सय ६५ सिट रहेको तल्लो सदनबाट ३ सय …