फुमियो किशिदा जापानका नयाँ प्रधानमन्त्री बन्दै

जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वका लागि भएको प्रतिस्पर्धामा फुमियो किशिदा विजयी भएसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।  किशिदाले योशिहिदे सुगाको ठाउँ लिनेछन् । सुगाले एक वर्ष कार्यकाल चलाएपछि पुनः प्रधानमन्त्री बन्न नचाहेको घोषणा गरेका थिए ।  किशिदासँग प्रधानमन्त्रीका रूपमा आफ्नो दललाई आगामी आमनिर्वाचनमा विजय दिलाउनुपर्ने जिम्मेवारी छ ।  दलले जनताको विरोध हुँदाहुँदै पनि टोकियो ओलम्पिक गराउन बल गरेपछि लोकप्रियतामा कमी आएको थियो । किशिदाले परराष्ट्रमन्त्रीको पद च...