गोरखा नगरपालिकामा बिहीबारबाट नगरबस सञ्चालन भएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले नगरबस सञ्चालन गरेको हो । बिहीबार गोरखा नगरपालिकाको कार्यालयमा औपचारिक कार्यक्रमका साथ मेयर राजनराज पन्तले नगरबसको सेवा शुभारम्भ गरे । नगरपालिकाको १४ वटै वडाका बासिन्दालाई नगरपालिका कार्यालयसम्म आउन सहज बनाउने उद्देश्यले नगरबस सञ्चालन गरेको मेयर पन्तले बताए । ‘सडक मर्मतको जिम्मा नगरपालिकाले लिन्छ,” उनले भने, “नगरबस नियमित रूपमा चलाएर जनतालाई सेवा दिनुहोस् । जनतालाई सहज र सरल तरिकाले नगर क्षेत्रमा आउजाउ गर्ने वातावरण बनाउनुहोस् ।”