प्रसिद्ध गायक जस्टिन बिबर क्यानेडियाली हुन्। क्यानडामा जन्मिएका उनी त्यहाँका जन्मसिद्ध नागरिक हुन्। १५ वर्षदेखि अमेरिकामा बसिरहेका उनी २०१८ देखि अमेरिकी नागरिक पनि भए तर उनलाई क्यानेडियाली भनेर चिनिन्छ, क्यानडा र अमेरिका दुवै देशमा। अमेरिकी नागरिक हुँदा उनले आफ्नो जन्मसिद्ध क्यानेडियाली नागरिकता त्याग्नुपरेको छैन। अमेरिकाको नागरिकता लिए भनेर कुनै क्यानडियनले उनलाई ‘अराष्ट्रिय’ भन्नु त पर, […]