एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएका छन् । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य भएको हुनसक्ने ओलीको आशंका छ । ‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़ल