असार ८ , काठमाडौं । लगानी बोर्डको कार्यालयले मंगलवार दुई ओटा जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले उक्त निर्णय गरेको हो ।
बोर्डको बैठकले ५४ करोड अमेरिकी डलर लागत अनुमान रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेवा) र ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ अनुमानित लागत रहेको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजना (१३९ दशमलव २ मेवा) का लागि लगानी स्वीकृत गरेको हो ।