नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले किसानको लागि मल माग गर्दै कृषि सामग्री कम्पनी लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ । काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित कृषि सामग्री केन्द्र...
काठमाडाैं । सरकारले नुवाकोटका किसान श्रीराम घिमिरेको माग पूरा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव शङ्करदास वैरागीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई किसान घिमिरेले उठाउनुभएको माग सम्बोधन गर्न बिहीबार नै निर्देशन दिनुभएको थियो । सचिव घिमिरेलगायतको टोलीले किसान घिमिरेसँग आज पनि वार्ता गरेको थियो । सोही वार्ताका आधारमा माग […]
काठमाडौं, २ चैत्र । विभिन्न कम्युनिष्ट पार्टी निकट छ किसान संगठनहरुले रासायनिक मलको मूल्यबृद्धि अविलम्ब रोक्न सरकारसँग माग गरेका छन् । चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), सीताराम तामाङ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), बलराम बाँस्कोटा अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ, रामदुलार महतो अध्यक्ष रहेको अखिल नेपाल किसान […]
विभिन्न नौ वटा किसान संघ/संगठनहरुले रासायनिक मल अभावको अन्त्य र इन्धनमा भएको मुल्यवृद्धि तत्काल घटाउन सरकारसँग माग गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले किसानका माग तत्काल सम्बोधन नभए देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।‘रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरीय मल समयमै सहज ढंगले उपलब्ध गराउन, इन्धनमा भएको मूल्यबृद्धि घटाउन र किसान र कृषिक्षेत्रसँग सम्वन्धित उपरोक्त विषयहरुसमेत तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछौं’,
सत्ता गठबन्धनमा आबद्ध किसान सङ्घ सङ्गठनहरूले किसानमारा भूमि बैंकको व्यवस्था खारेज गर्न माग गरेका छन् । उनीहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन केपी ओली सरकारका किसान विरोधी निर्णयहरू उल्ट्याउन माग समेत गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, नेपाल किसान संघका सभापति भानु सिग्देल,अखिल नेपाल किासान महासंघका बलराम सापाकोटा, अखिल नेपाल किसान महासंघ (अप्फा)का भैरव रेग्मी र समाजवादी किसान महासंघका केन्द्रीय सदस्य ओमृष्ण श्रे
काठमाडौं । डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै किसान आन्दोलित बनेका छन् । शुक्रबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका हुन । विरोध प्रदर्शनमा अखिल नेपाल किसान महासंघ पनि सहभागी भएको छ । कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम […]
१६ माघ, काठमाडौं । नेकपा एमालेको किसान संगठन अखिल नेपाल किसान महासंघले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष प्रेम दंगालले आइतबार एक विज्ञप्ति जारी गरी तत्काल निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन माग गरेको हो । महासंघले कातिक पहिलो साता आएको अविरल वर्षा, बाढी र डुवानका […]
जनमत पार्टीले सिरहामा किसान र्यालीको आयोजना गरेको छ । किसानको हकहितका लागि ११ सुत्रीय माग पुरा गर्न किसान विधेयक ल्याउनुपर्ने तड्कारो आवश्यकता रहेको आन्दोलनकारीको माग छ ।
र्यालीलाई सम्बोधन गर्दै जनमत...
काठमाडौं। अखिल नेपाल किसान यूनियनले आाज प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचारको लागि अक्सिजन र औषधिको सहज आपुर्ति गर्न, सबै जनतालाई खोप लगाउने ब्यबस्ठा गर्न र किसान/मजदुरलाई आपत्कालीन राहत दिन माग गरेको छ। यूनियनका अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा औषधि खरीदमा अनियमिता गर्नेलाई करबाही गर्न र स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन माग गरिएको छ।
काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) लगायतका चार किसान सङ्गठनले रैथाने नेपाली धानबाली तथा वनस्पतिको रक्षा गर्न सरकारसित माग गरेका छन् ।
यतिखेर फिलिपिन्समा बासमती धानको प्याटेन्ट राइट्सका बारेमा भारत, पाकिस्तान र नेपालको माझमा दावी भइरहेका बेला २०७७ पुस २५ गते संयुक्त पे्रेसवक्तव्य जारी गर्दै चार किसान सङ्गठनले यस्तो माग गरेका हुन् ।
नेपालका तीन हजारजति रैधाने धानबालीका जातहरू फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली केन्द्रमा पठाइएको सन्दर्भ उल्लेख गर्दै उनीहरूले यस्ता धानबाली तथा वनस्पतिको रक्षा तथा सम्वद्र्धनमा जोड दिन सरकारबाट गम्भीर पहलको अपेक्षा राखेका छन् ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“नवऔपनिवेशिक बाह्य दबाब र दोहनका कारणले हाम्रा मुख्य रैथाने धानबाली बासमतीलगायतका बालीनाली र हाम्रो प्रचूर जैविक वनस्पतिसमेत खतरामा पर्ने र अरू नै देशले हाम्रा अमूल्य र महत्त्वपूर्ण श्रोतसाधनहरूको प्याटेन्ट गर्ने स्थिति विद्यमान रहेको र यसले हाम्रो वर्तमान र भावी पुस्तालाई समेत गम्भीर असर पार्ने हुँदा हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घ सरकारसँग प्याटेन्ट सम्बन्धी स्थिति कस्तो अवस्थाबाट गुज्रिरहेको छ ? त्यो खुलस्त रूपमा सार्वजनिक गर्न नेपाली उत्पत्तिका सबै बालीनाली र अमूल्य जैविक वनस्पतिमाथि नेपालको स्वामित्व नगुम्ने स्थिति सिर्जना गर्न जोडदार माग गर्दछौँ । खासगरी यति बेला नेपाल उत्पत्तिको रैथाने बासमती धानको प्याटेन्ट अधिकारको रक्षा गर्न र त्यसमाथि नेपालको स्वामित्व कायम गर्न नेपाल सरकारले के गरिरेको छ ? प्रष्ट पारोस्; र, ठोस कदम चालोस् भन्ने हामी चार किसान सङ्गठनको विशेष जोड रहेको कुरा स्पष्ट पार्न चाहन्छौँ ।
कृषि तथा वनस्पति नेपाली विज्ञहरूबाट ज्ञात भएअनुसार नेपालका तीन हजारजति रैथाले धानबालीका जातहरू फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (आइआरआरआई–इरी) मा पठाएको र विश्वभरिकै यस्ता बालीनाली ...