रैथाने नेपाली धानबाली तथा वनस्पतिको रक्षा गर्न चार किसान संगठनको माग

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) लगायतका चार किसान सङ्गठनले रैथाने नेपाली धानबाली तथा वनस्पतिको रक्षा गर्न सरकारसित माग गरेका छन् । यतिखेर फिलिपिन्समा बासमती धानको प्याटेन्ट राइट्सका बारेमा भारत, पाकिस्तान र नेपालको माझमा दावी भइरहेका बेला २०७७ पुस २५ गते संयुक्त पे्रेसवक्तव्य जारी गर्दै चार किसान सङ्गठनले यस्तो माग गरेका हुन् । नेपालका तीन हजारजति रैधाने धानबालीका जातहरू फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली केन्द्रमा पठाइएको सन्दर्भ उल्लेख गर्दै उनीहरूले यस्ता धानबाली तथा वनस्पतिको रक्षा तथा सम्वद्र्धनमा जोड दिन सरकारबाट गम्भीर पहलको अपेक्षा राखेका छन् । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “नवऔपनिवेशिक बाह्य दबाब र दोहनका कारणले हाम्रा मुख्य रैथाने धानबाली बासमतीलगायतका बालीनाली र हाम्रो प्रचूर जैविक वनस्पतिसमेत खतरामा पर्ने र अरू नै देशले हाम्रा अमूल्य र महत्त्वपूर्ण श्रोतसाधनहरूको प्याटेन्ट गर्ने स्थिति विद्यमान रहेको र यसले हाम्रो वर्तमान र भावी पुस्तालाई समेत गम्भीर असर पार्ने हुँदा हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घ सरकारसँग प्याटेन्ट सम्बन्धी स्थिति कस्तो अवस्थाबाट गुज्रिरहेको छ ? त्यो खुलस्त रूपमा सार्वजनिक गर्न नेपाली उत्पत्तिका सबै बालीनाली र अमूल्य जैविक वनस्पतिमाथि नेपालको स्वामित्व नगुम्ने स्थिति सिर्जना गर्न जोडदार माग गर्दछौँ । खासगरी यति बेला नेपाल उत्पत्तिको रैथाने बासमती धानको प्याटेन्ट अधिकारको रक्षा गर्न र त्यसमाथि नेपालको स्वामित्व कायम गर्न नेपाल सरकारले के गरिरेको छ ? प्रष्ट पारोस्; र, ठोस कदम चालोस् भन्ने हामी चार किसान सङ्गठनको विशेष जोड रहेको कुरा स्पष्ट पार्न चाहन्छौँ । कृषि तथा वनस्पति नेपाली विज्ञहरूबाट ज्ञात भएअनुसार नेपालका तीन हजारजति रैथाले धानबालीका जातहरू फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (आइआरआरआई–इरी) मा पठाएको र विश्वभरिकै यस्ता बालीनाली ...

सम्बन्धित सामग्री

घोषणाभन्दा कार्यान्वयन महत्त्वपूर्ण

सरकारले धान रोपाइँ चल्दै गर्दा यसको न्यूनतम समर्थन मूल्य तोेकेको छ । खेती लगाउने बेलामै अन्न बालीको समर्थन मूल्य तोक्न माग हुँदै आएकामा यसपालि धान रोपाइँकै बेलामा समर्थन मूल्य तोकिनु स्वागतयोग्य छ ।  गतवर्षको दाँजोमा यस वर्ष प्रतिक्वीन्टल धानको मूल्य केही बढाइएको छ । यसले किसानलाई राहत नै हुन सक्छ । तर, धानबाली भित्त्याउने बेलामा किसानले यो मूल्यमा धान बेच्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरा महत्त्वपूर्ण हो । अघिल्लो वर्ष सरकारले तोकेको मूल्यमा धान बेच्न नपाएका किसान भने घोषणाभन्दा यसको कार्यान्वयन बढी महत्त्वपूर्ण भएको बताउँछन् । हुन पनि सरकारले गर्ने प्राय: निर्णय कार्यान्वयनमा जाने गरेको पाइँदैन ।  सरकारले आफूले तोकेको समर्थन मूल्यमा किसानहरूले धान विक्री गर्न नसके आफै खरीद गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ । यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पर्याप्त बजेट उपलब्ध गराइनुपर्छ । खासगरी तराईका क्षेत्रमा भारतबाट आएका धान व्यापारीले सस्तोमा धान उठाएर लैजाने हुँदा त्यहाँ सरकारी डिपो पुग्नु आवश्यक छ । बाली भित्त्याउने समयभन्दा २/४ महीनापछि धान बेच्न पाए किसानले बढी लाभ पाउँछन् । त्यसो हुँदा धान भण्डारणको व्यवस्था गरिनु पनि आवश्यक छ । सरकारले बनाएको शीत भण्डारको अवस्था हेर्दा विरक्ति लाग्दो पाइन्छ किनभने जहाँ उत्पादन हुन्छ त्यहाँबाट निकै टाढा यस्तो भण्डारण स्थल बनाइएको छ ।  त्यस्तै किसानहरूले मोटा धानखेती गर्ने र त्यो बेचेर मसिना चामल किन्ने गरेको पाइन्छ । र, यो चामल भारत जाने गरेको छ । यस्तोमा सरकारी कम्पनीले मोटा चामल किनेर बेच्न समस्या नपर्ला भन्न सकिँदैन । यसो हुँदा भण्डारणको व्यवस्था गर्ने र भण्डारणमा रहेको आफ्नो उपज नै धितोमा राखेर किसानले ऋण पाउने व्यवस्था बढी लाभदायी हुने देखिन्छ ।  धान उत्पादन हुने प्रमुख क्षेत्र तराई नै हो र तराईको सिमाना भारतसँग जोडिएको र खुला भएको हुँदा सरकारले तोकेको मूल्यभन्दा खेतमै धान उठाउन आउने भारतीय व्यापारीलाई सस्तोमा बेच्न उनीहरू हतारिन सक्छन् । अझ, तराईमा खेतीका लागि श्रमिक नै भारतबाट ल्याउनुपर्ने अवस्थासमेत छ । यस्तोमा सरकारी घोषणाको लाभ ती क्षेत्रका किसानले कसरी लिन सक्छन् भनी त्यसअनुसार कार्यक्रम लागू गर्नु बढी आवश्यक देखिन्छ ।

किसानलाई राहत उपलब्ध गराउन संघर्ष समितिको माग

६ कात्तिक, रौतहट । बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएकाले किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन आईटी किसान संघर्ष समितिले माग गरेको छ । केही दिनअघि परेको वर्षाका कारण किसानले खेतमा लगाएका धानबालीमा व्यापक क्षति भएको छ । वर्षा तथा हावाहुरीका कारण धानबाली नष्ट भएपछि किसानहरु पीडित बनेका छन् । धान रोप्ने बेला सिँचाइ तथा मलखाद्यको अनेकौं […]

कृषकलाई राहत दिन किसान महासंघको माग

सुर्खेत (अस) । अखिल नेपाल किसान महासंघ, सुर्खेतले बेमौसमी वर्षापछि देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघ सुर्खेतले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत आसपासका क्षेत्रमा पाकेको धानबाली वर्षाका कारण नष्ट भएकोमा सम्बन्धित सबै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । महासंघ सुर्खेतका अध्यक्ष मनोहर आचार्यले कृषकको प्रमुख आयस्रोतको रूपमा रहेको धानबाली नष्ट भएकाले तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरे । अविरल वर्षाले बालीनालीमा पु¥याएको क्षतिको विवरण संकलन गरी राज्य कोषबाट उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । ‘किसान वर्गमा हुने क्षतिलाई समायोजन हुनेगरी कार्यक्रम परिमार्जन गरेर राज्यले आफ्नो उपस्थिति बढाउनुपर्छ,’ उनले भने, ‘प्राकृतिक प्रकोपबाट नोक्सानी बेहोरेका किसानलाई आवश्यक राहत, पुनःस्थापना तथा अन्य सहयोगका लागि सबै पक्ष र निकायसँग अपिल गर्दछौं ।’

धानबाली क्षति पुगेका किसानलाई राहत दिन किसान महासंघको माग

३ कात्तिक, काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले वर्षा, बाढी र डुवानबाट धानबाली क्षति भएका किसानलाई राहत दिन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष प्रेम दंगालले वक्तव्य जारी गर्दै क्षति विवरण …

पीडित किसानलाई क्षतिपूर्ति दिन खाद्यका लागि कृषि अभियानको माग

काठमाडौँ– खाद्यका लागि कृषि अभियानले वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै धानबाली भित्र्याउने समयमा भएको वर्षाले धानबालीमा क्षति पुग्दा किसान मारमा परेको भन्दै राहत माग गरेको हो। ‘पीडित किसानलाई धान खेती स्याहार गर्न तत्कालिन सहायता र भएको क्षतिको आँकलन गरी क्षतिपूर्ति […]

धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति दिन किसान महासंघको माग

काठमाडौं । नेकपा एमाले आबद्ध अखिल नेपाल किसान महासंघले वर्षा र डुबानका कारण अर्बौंको धानबाली नष्ट भएको भन्दै धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । महासंघका अध्यक्ष प्रेम दंगालले वर्षा, बाढी र डुवानले धानमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी धान उत्पादक किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारको ध्यानाकर्षण […]

बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

काठमाडौँ– नेकपा एमालेले विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गरी पहिराका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन भएका, कतिपय व्यक्ति बाढीमा फस्न पुगेको र हवाहुरीले पाकेको धानबाली सखाप भएको जनाउँदै कृषिमाथि आश्रित लाखौँ किसान परिवारमाथि ठूलो […]

बाढी पीडितलाई तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई दिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठुलो क्षति भएको भन्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।  मंगलबार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै वर्षाका कारण भित्र्याउन बेलाको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई स

अविरल वर्षाले क्षति भोगेका किसानलाई राहत दिन मौलिक जरोकिलो पार्टीको माग

अविरल वर्षाका कारण भित्र्याउन लागिएको धानबालीलाई क्षति पुगेर किसान मर्कामा परेको घटनाप्रति मौलिक जरोकिलो पार्टीले चिन्ता व्यक्त गरेको छ । बीउको अभाव, समयमै मल नपाउने समस्या र बजारको अभावको कारण आफ्नो उत्पादन खेतबारीमै सड्ने समस्या पटक–पटक भोगेका नेपाली किसानले यसपटक पाकेको धानबाली भित्र्याउने बेला बेमौसमको वर्षाले गरेको क्षति सहनुपरेकोमा पार्टीले दुःख व्यक्त गरेको छ । खेतीपातीबाट जीविकोपार्जन गरिरहेका साना किसानहरू चरम आर्थिक संकटमा पर्ने र भोकमरी लाग्ने सम्भावना बढ्नसक्ने पार्टीले अनुमान गरेको छ । तंग्रिन थ...

छिटो मल उपलब्ध गराउन माग गर्दै रौतहटका किसान आन्दोलित

२३ भदौ, रौतहट । उर्वर भूमि भएर पनि किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले वास्ता नगरेको भन्दै रौतहटका किसान आन्दोलित भएका छन् । खेतमा धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन् । रौतहटका बजारमा यूरिया मलको अभाव भएको र भारतीय सीमाक्षेत्रबाट ल्याउँदा समेत कानूनी झन्झटको […]