अक्सिजन र औषधिको सहज आपुर्ति गर्न अखिल नेपाल किसान यूनियनको माग

काठमाडौं। अखिल नेपाल किसान यूनियनले आाज प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचारको लागि अक्सिजन र औषधिको सहज आपुर्ति गर्न, सबै जनतालाई खोप लगाउने ब्यबस्ठा गर्न र किसान/मजदुरलाई आपत्कालीन राहत दिन माग गरेको छ। यूनियनका अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा औषधि खरीदमा अनियमिता गर्नेलाई करबाही गर्न र स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन माग गरिएको छ।

सम्बन्धित सामग्री

अखिल नेपाल किसान संघ हुम्लाको अध्यक्षमा शाही

सिमकोट – एमालेनिकट अखिल नेपाल किसान संघको जिल्ला अध्यक्षमा केन्द्रराज शाही निर्विरोध निर्वाचित भएका छन्। संघको जिल्ला अधिवेशनले अध्यक्ष शाहीसहित जिल्ला कार्य समिटीलाई निर्विरोध निर्वाचित गरेको हो। एक दिन सञ्चालन भएको संघको पाँचाैँ जिल्ला अधिवेशनले शाहीलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो भने उपाध्यक्षमा पदम बोगटी, सचिवमा हेमन्त बोहरा, उपसचिवमा मुटुुव लामा र विष्णुरावत तथा […]

मल उपलब्ध गराउनुपर्ने मागसहित अखिल नेपाल किसान महासंघद्वारा प्रदर्शन

मोरङ – रासायनिक मल उपलब्ध गराउनुपर्ने मागसहित अखिल नेपाल किसान महासंघले विराटनगरमा प्रदर्शन गरेको छ। शनिबार महासंघले पत्रकार सम्मेलन गर्दै तत्काल मागको सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ। सोहीअनुसार कृषकले रासायनिक मल शीघ्र उपलब्ध गराउन माग गर्दै बजारमा प्रदर्शन गरेका थिए। उनीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने मागसमेत गरेका थिए। महासंघका मोरङ […]

अखिल नेपाल किसान महासंघको विरोध प्रदर्शन

डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ ।माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका छन् । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए । […]

धानको क्षतिपूर्ति माग्दै अखिल नेपाल किसान महासंघद्वारा विरोध प्रदर्शन

काठमाडौँ – डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्ति माग गर्दै अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा शुक्रबार विरोध प्रदर्शन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानले पुनः आन्दोलन सुरु गरेका छन्। विरोध प्रदर्शन कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षतिको शतप्रतिशत […]

अखिल नेपाल किसान महासंघद्वारा एमसीसीको विरोध

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को विरोध गरेको छ । महासंघले विज्ञप्ती निकाल्दै जबरजस्ती संसदमा लगेर एमसीसीलाई अनुमोदन गर्न लागेकोमा आफूहरूको ध्यानाकर्षण भएको जनाएको छ ।‘इतिहासमा कहिल्यै पनि विदेशीहरुको उपनिवेश नभएको नेपाल एक सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन मुलुक हो ।’ महासंघले भनेको छ, ‘कुनै पनि विदेशी सहयोग, सम्झौता, दातृ निकाय वा राष्ट्र नेपालको संविधान र कानुनभन्दा माथि हुन सक्दैन ।’ नेपालको परराष्ट्र न

चितवनमा अखिल नेपाल किसान महासंघको विरोधसभा

भरतपुर । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम विरुद्ध विरोधसभा सम्पन्न गरेको छ । किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यतामा रत्ननगरपालिका–१ बकुलर चोकमा आइतबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रेग्मी प्रतिनिधि सभा विघटनको कदमले नेपाली किसानलाई पनि प्रभाव परेको बताउनुभयो । किसानहरू आफ्ना मागको पक्षमा चरणबद्ध आन्दोलन चलाइरहेकै बेला प्रतिनिधि सभा विघटन भएको भन्दै उहाँले तत्कालै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । सो अववसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव डम्मर पुरी, नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण केसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य गोविन्द अम्माई र अखिल नेपाल टेड्र युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्बर केसीले पनि मन्तव्य राख्नुभएको थियो । किसान महासङ्घ चितवनका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता तथा नारायण चालिसेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई किसान महासङ्घकै जिल्ला उपाध्यक्ष चन्द्रकला क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

नवलपरासीमा अखिल नेपाल किसान महासंघको जिल्ला भेला

तिलकप्रसाद सुवेदी/परासी ।। अखिल नेपाल किसान महासङ्घ (अप्फा) नवलपरासीको जिल्ला भेला शुक्रवार जीतबहादुर पौडेलको अध्यक्षता तथा उत्तमराज खरेलको सञ्चालनमा र राजेन्द्र अर्यालको स्वागत मन्तव्यका साथ सम्पन्न भएको छ । भेलाले जीतबहादुर पौडेलको अध्यक्षतामा नौ सदस्यीय जिल्ला सङ्गठन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा उत्तमराज खरेल, सचिवमा डण्डपाणि गौतम, कोषाध्यक्षमा तारा गौतम र सदस्यहरूमा राजेन्द्र अर्याल, गणेश आचार्य र नरबहादुर रानालगायत रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले मैनबत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै भेला सफलताको शुभकामना साथै अहिले मुलुकमा र सिङ्गो विश्वमा किसानका समस्या बढ्दै गएको तर सरकारले समाधान गर्न नसकेको हुनाले किसान पीडित भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । वर्तमान सरकारले कृषिमा विदेशी लगानी भित्राएर स्वदेशी किसानमारा काम गर्ने षड्यन्त्र गरेकाले त्यसको विरोध गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । भेलामा अन्य अतिथिहरू राजमो नेता कृष्णराज पौडेल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष किसनबहादुर अधिकारी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदी, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष शेरबहादुर सूर्यवंशी र अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष सम्झना सुवेदीले शुभकामना दिनुभएको थियोे । नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गिरिराज ज्ञवालीले बधाइ दिनुभएको थियो ।

पोख्रेलको निधनप्रति अखिल नेपाल किसान महासंघ (अप्फा) द्वारा शोक व्यक्त

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले प्युठानका कृष्णप्रसाद पोख्रेलको निधनप्रति शोक व्यक्त गरेको छ । अप्फाका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ पुस २३ गते वक्तव्य जारी गर्दै शोक व्यक्त गरिएको हो । अखिल नेपाल किसान महासङ्घ झिमु्रक गाउँपालिका समितिको अध्यक्षसमेत रहनुभएका पोख्रेलको निधनप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ– “क. कृष्णप्रसाद पोख्रेलको असामयिक निधनप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) गहिरो शोक व्यक्त गर्दछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्तजनप्रति समवेदना प्रकट गर्दछ । उहाँ झिमु्रक गाउँपालिकाको अप्फाको अध्यक्ष हुनुहुन्थ्यो । किसान हक, हित र किसानको मुक्तिका लागि उहाँ निरन्तर सङ्घर्षरत हुनुहुन्थ्यो । उहाँको निधनले एक किसान नेता गुमाउनुपरेको छ भने झिमु्रक गाउँपालिका र देशको एक होनहार किसान नेताको निधनले किसान आन्दोलनलाई क्षति पुग्न गएको छ ।”