नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बतीयन शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नागरिकताको प्रमाणपत्रसहित तिब्बतमा जन्म भई शरणार्थीको रूपमा काठमाडौं बौद्ध टुसाल बस्ने २७ वर्षीया युवती पक्राउ परेकी हुन् ।