खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्वीकार्न आफूहरू तयार रहेको स्पष्ट पारेका छन्। बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा…