नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।
जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले सांसद पदबाट राजीनामा दिएका छन् । मन्त्री यादवले राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । नेकपा एमालेबाट सिरहाको क्षेत्र नम्बर ३ (ख)बाट यादव प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी अहिले नेकपा एकीकृत समाजवादीमा […]