शेयर बजारमा नयाँ 'रेकर्ड' : अहिलेसम्मकै उच्च विन्दुमा पुग्याे परिसूचक, ११ अर्बभन्दा धेरैकाे काराेबार

काठमाण्डौ – नेपाली शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । मङ्गलवार (आज) कारोबार रकम र नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३४ दशमलव ५८ अङ्कले बढेर दुई हजार सात सय ९३ दशमलव ८९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।  आज उत्पादनमूलक समूहबाहेक सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक दुई सय चार दशमलव १४ अङ्कले बढेको छ भने होटल र पर्यटन समूहको परिसूचक दुई सय अङ्कले बढेको छ । यस्तै आज दिनभर ११ अर्ब ३५ करोड ९३ लाख...

सम्बन्धित सामग्री

अमेरिकी डलर अहिलेसम्मकै उच्च,नेपाली रुपैयाँ कमजोर बन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो।...

डलरको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको मूल्य अहिलेसम्मकै उच्च रहेको छ । जसको खरिद दर १२६ रुपैयाँ २७ पैसा र बिक्री दर […]

अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो डलरको भाउ

विदेशी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ पैसा तिर्नुपर्ने भएको छ।...

ऊर्जा क्षेत्रबाट कार्बन डाइअक्साइडको उत्सर्जन अहिलेसम्मकै उच्च

विश्वव्यापी रुपमा इन्धनका कारण उत्सर्जन हुने कार्बन डाइअक्साइडको मात्रा गत वर्ष अहिलेसम्मकै उच्च पुगेको पाइएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले मंगलबार जारी गरेको विश्लेषणात्मक तथ्यांकअनुसार ऊर्जाबाट हुने कार्बन डाइअक्साइडको उत्सर्जन सन् २०२१ मा ६ प्रतिशतले बढेर ३६.३ बिलियन टन पुगेको हो। कार्बन उत्जर्सन बढी गर्नेमा कोइलाजन्य इन्धन देखिएको छ। सन् २०२१ मा ऊर्जा क्षेत्रबाट […]

शोधनान्तर घाटा अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शोधनान्तर घाटा अहिलेसम्मकै उच्च देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा शोधनान्तर घाटा २४१ अर्ब २३ करोड रुपैयाँ रहेको हो । गत आर्थिक वर्ष यही अवधिमा १२४ अर्ब ९२ करोड बचत रहेकोमा यो वर्ष २४१ अर्ब पुगेको हो । आर्थिक वर्षको पहिलो ६ महिनामा […]

कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हिजो २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा ४५ प्रतिशतमा संक्रमण पुष्टि भएको […]

बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च

लन्डन । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ । करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काेभिडबाट […] The post बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च

कञ्चनपुर– महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ। मङ्गलबार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ। पानीको बहाव आठ वर्षयताकै उच्च हो। नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्णरुपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक […]

अहिलेसम्मकै उच्च तापमान पुगेको क्यानडाको लीटन गाउँमा डढेलो

एजेन्सी। क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको लीटन गाउँको ९० प्रतिशत भागमा डडेलो फैलिएको छ। स्थानीय सांसद् ब्राड भिसका अनुसार ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा ठूलो क्षति पुगेको छ। लीटनका मेयर ज्यान पोल्डरम्यानले भने,"धेरै क्षेत्र बाँकी रहने छैन,जीवन जोगाउने भाग्यमानी भएको छु।" अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ।