प्रदेश अस्पताललाई प्रतिष्ठान बनाइने

कर्णाली प्रदेश अस्पताल सुर्खेत अब स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्ने तयारी थालिएको छ । अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न आईतबार अस्पतालले सरोकारवालाहरूसँग ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदामाथि छलफल सुरु गरेको हो ।