सुर्खेत : संघीय सरकारले आर्थिक वर्ष २०७९\८० को लागि ल्याएको बजेटमा कर्णालीका महत्त्वपूर्ण क्षेत्र समेटिएका छन्। अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको राष्ट्रिय बजेटमा कर्णालीका अधिकांश योजनाका लागि बजेट भने तोकिएको छैन। केही क्रमगत योजनाहरु समेटिएका छन् भने केही नयाँ समेत समावेश गरिएको पाइएको छ। प्रदेश सरकारले अर्गानिक प्रदेश भनेर समेटेको योजनालाई अंगीकार गरी संघीय सरकारले कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख प्राथमिकता दिइएको छ।कर्णाली प्रदेशमा रैथाने बाली, जैविक खेतीको