रुकुम पश्चिम : चैत १ गतेदेखि हराइरहेका व्यक्तिकाे शव फेला

रुकुम पश्चिम – रुकुम पश्चिममा चैत १ गतेदेखि हराइरहेका एक जना पुरुषको शव फेला परेको छ ।   मुसीकोट नगरपालिका वडा नम्बर ३ का ६० वर्षका लोकबहादुर केसीको शव फेला परेको हो । छेडादेखि माछिमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने ठाउँमा केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईले केसीकाे शव सडकदेखि तल माटोमा फेला परेकाे बताउनुभयाे । शव माटो र ढुङ्गाले पुरिएको अवस्था...

सम्बन्धित सामग्री

रुकुम पश्चिममा दुई जनाको शव फेला

१ भदौ, रुकुम पश्चिम । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम […]

रुकुम पश्चिममा एक महिला मृत फेला

जाजरकोटको भेरी नगरपालिका १ बस्ने ५० वर्षीया दुर्पता रावत मृत फेला परेकी छन् । प्रहरीले उनी रुकुम पश्चिम चौरजहारी नगरपालिका ३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेको जना हुन् । सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रुकुम पश्चिम : एक बालककाे शव मकैबारीमा भेटियो

रुकुम पश्चिम - रुकुम पश्चिममा एक बालककाे शव मकैबारीमा फेला परेको छ । आइतवार बेलुका आठबिसकोट नगरपालिका-५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हाे । उनी भदौ ३१ गतेदेखि हराएका थिए ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बालककी आमाले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेकाे जानकारी दिनुभयाे ।  बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको श्रेष्ठले बताउनु भय...

रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका पुरुषको शव भेटियाे

रुकुम पश्चिम - रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका एक पुरुषको शव भेटिएको छ । हिजो बिहान दूध बेच्न घरबाट हिँडेका मुसिकोट नगरपालिका-१२ का ५८ वर्षीय लिलबहादुर कामीको शव  हिजो बेलुका जमारु गाउँको सडकमा भेटिएको हो  । पोष्टमार्टमको लागि शवलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

मुसिकाेटका मेयरकाे निर्णय : शव जलाउन दाउरा निःशुल्क

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नवनिर्वाचित मेयर महेन्द्र केसीले आज सोमवार पदभार ग्रहण गर्नुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार भइ निर्वाचित हुनुभएका मेयर केसीले पदभार ग्रहण गर्दै तीन वटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।  अघिल्लो सरकारले मर्ज गरेर बन्द गरेका नगरका केही विद्यालय तत्कालै सुरु गर्ने गरी पहिलो निर्णयमा केसीले हस्ताक्षर गर्नुभएको छ । दोस्रो निर्णयमा निःशुल्क एम्बुलेन्स सेवा दिइने उल्लेख गरिएको छ । निर्णयअनुसार नगर क्षेत्रभित्रका गरिब तथा विपन्न समुदायका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नु...

खलङ्गा बजारमा एक पुरुषको शव फेला

रुकुम पश्चिम - रुकुम पश्चिमकाे सदरमुकाम मुसिकोट नगरपालिका-१ खलङ्गामा एक पुरुषको शव फेला परेको छ । आठबिसकोट नगरपालिका-१ चौर गाउँका ४२ वर्षका प्रजापति शर्माको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीका अनुसार मङ्गलवार बिहान कृषि विकास कार्यालय नजिकको सडक छेउमा एक पुरुषको शव फेला परेको हाे । मृतक शर्मा मुसिकोट नगरपालिका-१ मा डेरा गरी बस्दै आएको बताइएको छ । शव देखेपछि स्थानीयवासीले बिहान प्रहरीलाई खबर गरेका थिए । परिवारका सदस्...

रुकुम पश्चिममा तीन दिनदेखि हराइरहेका युवाको शव भेटियो

रुकुम पश्चिम - तीन दिनदेखि हराइरहेका एक युवाकाे शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका-१ पातुखोलामा आज बिहान शव भेटिएको हो। बाँफिकोट गाउँपालिका-८ घर भएका अन्दाजी १७ वर्षका करण पुन मगरको आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार पालुखोलामा रहेको बङ्गुरफर्मभन्दा माथिको भिरमा उनको शव भेटिएको हो। मगरकाे भिरबाट खसेर ज्यान गएको हुनसक्ने अनुमान गरिएकाे छ । पातुखोलामा रहेकाे फुपुको घरमा बस्दै आएका...

रुकुम पश्चिम : श्रीमतीकाे घाँटी थिचेर हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ

रुकुम पश्चिम - रुकुम पश्चिममा श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ परेका छन् । बाँफिकोट गाउँपलिका-९ की २६ वर्षकी कमला खनालकाे हत्या आराेपमा उहाँका श्रीमान् दिपक खनाल भन्ने दलजित खनाल पक्राउ परेका हुन् ।  गएकाे शुक्रवार राति आफ्नै काेठामा झुण्डिएकाे अवस्थामा कमलाकाे शव फेला परेकाे थियाे ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीकाे हत्या गरेकाे खुल्न आएकाे बताउनु भएकाे छ । खनालले रक्सी ख...

रुकुम पश्चिमकाे ठूली दहमा बेपत्ता दाजुभाइकाे शव भेटियाे

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको ठूली दहमा डुबेका दाजुभाइकाे शव भेटिएकाे छ ।  दहमा पौडी खेल्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेका एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् । बिदाको अवसर पारेर साथीहरूसँग घुम्न गएका दाजुभाइ भीमबहादुर र प्रेम थापा दहमा पौडी खेल्ने क्रममा डुबेका थिए ।  उनीहरू दहमा डुबेको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ गएको थियाे ।

रुकुम पश्चिममा चट्याङ्ग लागेर श्रीमानकाे ज्यान गयो, श्रीमती घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर ज्यान गएको हो । चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको प्रहरीले जनाएको छ । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो । चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते हुनभएकाे प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उप...