रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नवनिर्वाचित मेयर महेन्द्र केसीले आज सोमवार पदभार ग्रहण गर्नुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार भइ निर्वाचित हुनुभएका मेयर केसीले पदभार ग्रहण गर्दै तीन वटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
अघिल्लो सरकारले मर्ज गरेर बन्द गरेका नगरका केही विद्यालय तत्कालै सुरु गर्ने गरी पहिलो निर्णयमा केसीले हस्ताक्षर गर्नुभएको छ । दोस्रो निर्णयमा निःशुल्क एम्बुलेन्स सेवा दिइने उल्लेख गरिएको छ । निर्णयअनुसार नगर क्षेत्रभित्रका गरिब तथा विपन्न समुदायका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नु...