चीनका ४१ वर्षका एक व्यक्तिमा दुर्लभ बर्ड फ्लूको संक्रमण भेटिएको छ । कुनै मानिसमा H10N3 स्ट्रेन भेटिएको यो पहिलो घटना हो ।यद्यपि, अधिकारीले यी व्यक्ति कसरी संक्रमित भए भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर यो स्ट्रेन मानिसबीच सजिलै फैलने नसक्ने बताइएको छ ।जियाङ्सु प्रान्तमा बस्ने यी व्यक्तिमा अघिल्लो हप्ता संक्रमणको पहिचान भएको थियो । हाल उनी उपचारपछि निको हुने क्रममा छन् र उनलाई चाँडै नै अस्पतालबाट डिस्चार्ज गरिनेछ ।बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मान