प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । यस्तै अरु न्यायाधीशले भने रिट नहेरी आन्तरिक छलफलमा जुटेका हुन् । यद्यपि, प्रधानन्यायाधीशको इजलासमा भने मुद्दा हेरे । उनले एउटा मुद्दा तामेलीमा राख्दै अर्को मुद्