नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन् ।
बिहीवार नेकपा एकीकृत समाजवादी मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहँदैमा संघीय संसदको निर्वाचन चाँडै नहुने बताए ।
उनले राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा ५ दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने बताए ।
...