काठमाडौँ– आफ्नै अनुयायीलाई करणी गरेको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) लाई सफाइ दिने फैसला उच्च अदालत विराटनगरले बदर गरेको छ । मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । जिल्ला अदालत सुनसरीबाट उनलाई सफाइ दिइएको फैसलालाई बदर गर्दै पुनः प्रमाण हेरेर पुनः फैसला […]